केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलेसियासँग टस हारेपछि नेपालले बलिङ गर्यो

सहयात्रा टिभी

काठमाडौं । बैशाख ५, एसीसी प्रिमियर कप अन्तर्गत पहिलो खेलमा मलेसियासँग टस हारेपछि नेपालले पहिले बलिङ थालेको जनाएको छ ।

त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले बलिङ गरेको हो ।

मलेसियाविरुद्धको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई बेन्चमा राखिएको छ । नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेष, कुशल मल्ल, रोहित पौडेल, दिपेन्द्र ऐरी, सोमपाल कामी, आरिफ शेष, भिम सार्की, ललित राजवंशी, गुल्शन झा र सन्दीप लामिछाने छन् ।

मलेसियाको प्लेइङ ११ मा अहमद फाइज, वीरनदीप सि‌ह, सइद अजिज, विजय उन्नी, वाफिक इफ्रान, फित्री साम, अमिर अजिम, सेजरुल इजात, स्याहादाद राम्ली, रिजवान हैदर र खिजार हायत छन् ।

 

 

 

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्