धरानको बिजयपुर हस्पिटलमा क्यान्सर र न्युरो सर्जरी उपचार सुरू

सहयात्रा टिभी

धरान । बैशाख ५, निजी क्षेत्रबाट सञ्‍चालित धरानको बिजयपुर हस्पिटलले क्यान्सर र न्युरो सर्जरीको उपचार सेवा सुरू गरेको छ । सुनसरीको विजयपुर हस्पिटलले क्यान्सर र न्यूरो सर्जरी उपचार सुरू गरेको हस्पिटलका अध्यक्ष पंकज खतिवडाले बताए ।

न्युरो सर्जरी, हाडजोर्नी,शल्यक्रिया, प्रसूति तथा स्त्री, बाल रोक, नाक, कान घाँटी, छाला, जनरल मेडिसिन, दाँत, आँखाको उपचार गर्दै आएको बिजय हस्पिटलले बिरामीको सेवालाई मध्यनजर गर्दै क्यानसर र न्युरो सर्जरी सेवा सुचार गरेको अध्यक्ष खतिवडाले बताए ।

क्यान्सरको उपचार डा.राजिवकुमार देव तथा न्युरोको डा. रोशन खतिवडाले उपचार गर्ने हस्पिटलका प्रमुख अस्पताल प्रशासक इन्दुनेपाल योन्जनले बताए । उनले न्युरो र क्यान्सरको उपचार सुरु गरेसँगै हस्पिटलमा अत्याधुनिक प्रयोगशालाबाट ल्याब परीक्षण र रेडियोलोजी सेवाबाट सिटी स्क्यान, स्डोस्कोपी, प्याथोलोजी र डिजिडल एक्सरे र एको सेवालाई समेत विस्तार गरेको बताए ।

हस्पिटलले बिरामीलाई छिटो निको बनाउने उद्देश्यले फिजियो थेरामी र प्लाष्टिक सर्जरी सेवाको विस्थार गरी सञ्‍चालन गरिएको अध्यक्ष खतिवडाले बताए ।

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्