राप्रपा सांसद बिना जैसवालले संसदमा गायत्री मन्त्र सुनाइन्

सहयात्रा टिभी

काठमाडौं । बैशाख ५, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० की सांसद बिना जैसवालले संसद बैठकमा गायत्री मन्त्र सुनाएकी छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा उनले सबै सांसदहरुको ध्यानाकर्षण गराउँदै गायत्री मन्त्र वाचन गरेकी हुन् । उनले गायत्री मन्त्र संसदमा पनि जप्नुपर्ने धारणा राखिन् ।

‘यदि देश र जनताप्रति इमानदार र निष्ठावान बन्न यस सदनमा ईश्वरको नाममा शपथ खान सकिन्छ भने देशको वातावरण सुधार होस्, भ्रष्टाचार कम होस् भने यस मन्त्रको जपन यसै सदनमा हुनुपर्छ’ उनले भनिन् ।

सांसद जैसवालले आफू सबै धर्म एउटै हो भन्नेमा दृढ विश्वास राख्ने भन्दै उनले तर आफ्नो धर्ममा गर्व गर्ने बताइन् । धर्ममा भेद नरहेको, मान्छेको मनमा भेद रहेको उल्लेख गर्दै उनले नेपालमा सर्वधर्म समभाव रहेको बताइन् ।

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्