मेयर बालेनले संविधान मिचेको सांसद हितबहादुरको आरोप

सहयात्रा टिभी

काठमाडौं । बैशाख ५, नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संविधान मिचेको र कर्तव्य तथा जिम्मेवारीबाट भाग्ने काम गरेको आरोप लगाएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मेयर बालेनले बागमती नदी किनारको बस्ती हटाउन खोज्नु संविधान विपरीत र सिंहदरबारको फोहोर नउठाउनु कर्तव्य र जिम्मेवारी विपरीत भएको बताएका हुन् ।

नेपालको संविधानको अनुसूची ९ मा सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्ने गरी साझा सूचीमा राखेको पनि तामाङले बताए ।

उनले सिंहदरबारभित्रको फोहोर नउठाउने र उठाउने कम्पनीको इजाजत खारेज गर्ने धम्की दिनु मेयर बालेनको कर्तव्य र जिम्मेवारी विपरीत भएको पनि बताए ।

काठमाडौं महानगरपालिकाले नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडामा फोहोर फालेर त्यस क्षेत्रको जनताको स्वच्छ वातावरणमा बस्न पाउने हक हनन गरेको पनि सांसद तामाङले बताए ।

 

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्