केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात

सहयात्रा टिभी

काठमाडौं । बैशाख ५, एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।

 

प्रकाशित : 18 April, 2023

प्रतिक्रिया दिनुहोस्