बालबालिकालाई भिटामिन ए र जुकाको औषधी आज र भोलि खुवाइने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ६, बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउन लागिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ। आज छुटेकालाई भोलि खुवाइनेछ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित : 19 April, 2023

प्रतिक्रिया दिनुहोस्