केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रिमियर कप क्रिकेटका दुई खेल हुँदै

सहयात्रा टिभी

काठमाडौं । बैशाख ६, प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्। कीर्तिपुर मैदानमा कुवेत र संयुक्त अरब इमिरेट्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी मुलपानी मैदानमा हुने अर्को खेलमा ओमान र कतारबीच प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बुधबार बिहान पौने ९ बजे सुरु हुनेछ। मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ। त्यसैगरी मुलपानी मैदानमा हिजै भएको अर्को खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले हराएको थियो।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् । समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित : 19 April, 2023

प्रतिक्रिया दिनुहोस्