निजामती सेवा विधेयकको विरोधमा कर्मचारीहरुबाट आन्दोलिन

काठमाडौं । बैशाख ६, निजामती सेवा विधेयकको विरोधमा निजामती कर्मचारीहरुबाट आन्दोलिन शुरु भएको जनाएका छन् ।
यही क्रममा बुधबार ७७ वटै प्रमुख जिल्ला अधिकारी, ७ प्रदेशका प्रमुख सचिव र केन्द्रमा मुख्य सचिवलाई एकैसाथ ज्ञापन पत्र बुझाएर औपचारिक रुपमा आन्दोलन सुरु गरेका छन् ।
ठूला पाँच ट्रेड युनियनको संयुक्त आह्वानमा सबै कर्मचारीहरु बुधबारदेखि औपचारिक आन्दोलनमा उत्रिएको निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए ।
ऐन निर्माणको प्रक्रियामा सरोकारवाला पक्षहरुको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेकोले यस्ता विषयमा सम्बन्धित पक्षहरुसँग छलफलको आवश्यकता रहेको निजामती कर्मचारीहरुले संयुक्त आह्वानमा भनिएको छ ।