सत्ता गठबन्धनले बारामा आज चुनावीसभा गर्दै

सहयात्रा टिभी

बारा । बैशाख ७, पाँचदलीय गठबन्धनले बारा २ को महागढीमाईस्थित बरियारपुरमा चुनावीसभा गर्दैछ । गठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार रहेको बारा २ मा आज (बिहीबार) चुनावी सभा गर्न लागिएको हो ।

चुनावीसभालाई प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपाका अध्यक्ष महन्थ ठाकुर लगायतका गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । पाँचदलीय गठबन्धनको आयोजनामा हुने सभा बिहानको ११ बजे सुरु हुने छ ।

प्रकाशित : 20 April, 2023

प्रतिक्रिया दिनुहोस्