केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आईपीएल क्रिकेट : राजस्थानविरुद्ध लखनउको जित

सहयात्रा टिभी

एजेन्सि । बैशाख ७, इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले शीर्ष स्थानको राजस्थान रोयल्सविरुद्ध १० रनको जित निकालेको छ । लिगमा लखनउको यो चौथो जित हो ।

बुधबार सवाइ मनसिंह रङ्गशालामा सम्पन्न खेलमा लखनउले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४४ रन मात्र बनायो ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५४ रनको योगफल खडा गरेको थियो ।

जितसँगै ६ खेलबाट आठ अङ्क जोडेको लखनउ तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट आठ अङ्क नै जोडेको राजस्थान शीर्ष स्थानमा यथावत् छ । प्रतियोगितामा आज रोयल च्यालेन्जर्स् बेङ्लोर र पन्जाब किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : 20 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्