केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ए डिभिजनमा आज दसौँ चरणका अन्तिम दुई खेल

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ७, शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन्। लिगअन्तर्गत आज हुने दशौँ चरणका अन्तिम दुई खेलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा तथा चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथबीच प्रतिस्पर्धा हुनेछ।

थ्रीस्टार र हिमालयन शेर्पा दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा भिड्नेछन् भने चर्च ब्वाइजर सातदोबाटो साँझ ६ बजेदशरथ रंगशालामा खेल्नेछन् ।

तेस्रो स्थानमा रहेको थ्रीस्टारले १५ अंक जोडेको छ भने दुई खेल मात्र जितेको हिमालय शेर्पा १३औँ स्थानमा छ। त्यस्तै छैटौँ स्थानको चर्च ब्वाइजले ९ खेलबाट १५ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको सातदोबाटोले ९ खेलबाट १७ अंक जोडेको छ।

प्रकाशित : 20 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्