कर्णालीका चार नवनियुक्त मन्त्रीले शपथ लिए

काठमाडौँ । बैशाख ७, कर्णाली प्रदेश सरकारमा चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएको जानकारी प्राप्त भएको छ ।
प्रदेश प्रमुख तिलक परियारले बिहीबार उनीहरूलाई शपथ ग्रहण गराएको जनाएका हुन् ।
कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा खड्गराज पोख्रेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कृष्णकुमार विसी नियुक्त भएका छन् ।
यसअघि भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी माओवादीकी उर्मिला विश्वकर्माले जलस्रोत तथा उर्जा विकास मन्त्रीको रुपमा शपथ लिएकी छन् ।