नेप्से दोहोरो अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ७, कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार झन्डै १६ अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से दोहोरो अङ्कले घट्योको छ ।
आज १५ दशमलव १३ अङ्कले घटेर एक हजार नौ सय शून्य चार विन्दुमा झरेको छ ।आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से घटे पनि आज कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ ।