आज १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ । बैशाख ७, आज एक सय तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी प्राप्त भएको छ ।
एक हजार छ सय ४५ जनाको नमुना परीक्षण गर्दा एक सय तीन जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ६१ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ९७ जना पुगेको छ ।
अहिले काठमाण्डौ उपत्यकाका संस्थागत आइसोलेसनमा २९ जना, आईसीयूमा सात जना र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।
यस्तै २४ घण्टामा आठ हजार नौ सय ५८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।