केपी ओली प्रचण्ड माधव नेपाल एमाले


म्यानचेस्टर युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो

सहयात्रा टिभी

एजेन्सि । बैशाख ८, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगमा क्लब सेभियासँग पराजित भएको छ । क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै म्यान्चेस्टर क्वाटर फाइनलबाट बाहिरिएको छ ।

रोमन सान्चेज पिजुवान सेभियामा बिहीबार राति भएको खेलको ८औं मिनेटमा न्यास्रीको गोलबाट सेभियाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो ।

इभान राकिटिचको पासमा ४७औं मिनेटमा लोइक बेडले गोल गर्दै सेभियाको अग्रतालाई दोब्बर पारिदिए । पहिलो हाफमा खेल २–० को अवस्थामा पुग्यो । त्यसपछि ८१औं मिनेटमा न्यास्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

जुन गोलले सेभियालाई ३–० को जित दिलाएर सेमिफाइनलमा लग्यो भने म्यान्चेस्टर युनाइटेड क्वाटर फाइनलबाटै बाहिरियो ।

प्रकाशित : 21 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्