रुसकै शहरमा रुसी लडाकु विमानबाट बम खस्यो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौँ । बैशाख ८, रुसी लडाकु विमानबाट रुसकै एक शहरमा बम खसेको जनाएको छ । बमका कारण धेरै भवनहरुमा क्षति पुगेको र दुई जना महिला घाइते भएको बीबीसीले जनाएको छ ।
युक्रेनको सिमाना नजिकै बियलग्रटमा रुसी लडाकु विमानबाट बम खसेको रक्षा मन्त्रालयले पुष्टि गरेको छ । बियलग्रट शहरबाट युक्रेनको सिमाना २५ माइल टाढा छ । त्यहाँ करिब साढे ३ लाख मानिसको बसोबास रहेको अनुमान छ ।