सिराहामा सर्पको डसाइबाट बालकको मृत्यु

सहयात्रा टिभी

सिराहा । बैशाख ८, विषालु सर्पले डस्दा सिराहामा एक बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनास साहको सर्पले डसेर मृत्यु भएको हो।

सर्पको टोकाइबाट सिकिस्त बालकलाई उपचारका लागि फूलकुमारी अस्पताल, कन्जरवामा लगिएको र उपचारको क्रममा उनको त्यही मृत्यु भएको हो ।

सो अघि बालकलाई चोहवास्थित नेपाली सेनाको श्री बहादुर शेर गणमा लगे पनि त्यहाँ उपचार सम्भव नभए पछि फूलबारी अस्पताल लगिएको र उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित : 21 April, 2023

प्रतिक्रिया दिनुहोस्