अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डको बीच भेटवार्ता

काठमाडाै । बैशाख ८, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरवारमा शुक्रवार प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक, संवैधानिक परिषद्को बैठक लगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका सहयोगीहरूले जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले दुइनेताबीच प्रधानन्यायाधीशका नियुक्तिसहितका समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित गर्ने सरकारको तयारीप्रति एमालेले असहमति जनाउँदै आएको छ ।
नेकपा एमालेको समर्थनमा पुस ११ गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पछि कांग्रसेसँग सत्ता साझेदारी गरेका थिए । त्यसयता उनीहरूबीच यस्ताे छलफल भएकाे थिएन ।