केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ओमान विरुद्धको खेलमा कुशल मल्लको पहिलो शतक प्रहार

सहयात्रा टिभी

काठमाडौ । बैशाख ८, नेपाली युवा अलराउण्डर कुशल मल्लले ओडिआई क्रिकेटमा ओमान विरुद्ध पहिलो शतक प्रहार गरेका छन् ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्धको खेलमा उनले शतक प्रहार गरेका हुन् । कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा छैटौं नम्बरमा ब्याटिङ गरेका कुशलले ५९ बलमा शतक पूरा गरे ।

उनले ९ चौका र ९ छक्का प्रहार गरे । ३७औं ओभरको पाँचौ दबलमा अकिब इल्यासलाई छक्का प्रहार गर्दै कुशल मल्लले शतक पूरा गरेका हुन् ।

कुशल नेपालका लागि ओडिआईमा शतक प्रहार गर्ने चौथो पाँचौ खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन्।

 

 

प्रकाशित : 21 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्