तम्घास बजारमा मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु

सहयात्रा टिभी

काठमाडौ । बैशाख ८, गुल्मीको रेसुङ्गा नगरपालिकाले सदरमुकाम तम्घास बजारमा सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन सुरु गरेको छ ।

नगरपालिकाले तम्घास बजारको उदिनढुंगा क्षेत्रबाट सडक मिचेर बनाइएका घरका पेटी भत्काउन थालेको जनाएको हो ।

नगरपालिकाले केही दिन अघि रेखाङ्कन गरेर घर धनीलाई आफैं भत्काउन आग्रह गरेको थियो । तर घर धनीले नभत्काएपछि नगरपालिकाले डोजर प्रयोग गरेर भत्काउन थालेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।

मापदण्डविपरीत घरका पेटी भत्काएपछि सडक कालोपत्रे गर्ने काम पनि अगाडि बढ्ने नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित : 21 April, 2023

प्रतिक्रिया दिनुहोस्