केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सन्दीप लामिछाने बने ओडिआईमा छिटो १०० विकेट लिने खेलाडी

सहयात्रा टिभी

काठमाडौ । बैशाख ८, नेपालका लेगस्पीनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने खेलाडी बनेका छन् ।

सन्दीप लामिछानेद्धारा ओडिआई क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट लिने कीर्तिमान बनाएको जानकारी प्राप्त भएको छ ।

एसीसी प्रिमियर कप अन्तर्गत ओमान विरुद्ध भइरहेको खेलमा सन्दीपले एक विकेट लिएपछि ४२ खेलमै १०० विकेट लिएर कीर्तिमान बनाएका हुन् । उनले यसअघि रासिद खानले ४४ खेलमा बनाएको कीर्तिमान दुई खेल अगावै बनाएका हुन् ।

सन्दीपले ओमानका अदिल शफिक लाई आउट गर्दै ऐतिहासिक उपलब्धि हात पारे ।

सन्दीप लामिछानेले ४२ खेल खेल्दै ओडिआईमा १०० विकेट पूरा गरेका हुन् । यसअघि अफगानिस्तानका राशिद खानले ४४ खेलमा १०० विकेट लिँदै उक्त कीर्तिमान बनाएका थिए । सन् २०१८ मा नेदरल्याण्ड्स विरुद्ध ओडिआईमा डेब्यु गरेका सन्दीपको बेस्ट बलिङ फिगर ६र११ हो ।

 

प्रकाशित : 21 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्