केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एम्बाप्पे चम्किँदा पीएसजीको सहज जीत

सहयात्रा टिभी

एजेन्सी । बैशाख ९, फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी) सहज रूपमा विजयी भएको छ।

पीएसजीले घरेलु टोली एन्जर्समाथि २–१ को जित निकाल्दै उपाधिको होडमा नजिक पुगेको छ। पीएसजीको जीतमा फरवार्ड केलियन एमबाप्पेले दुई गोल हानेका थिए।

शुक्रबार राति एन्जर्सको घरेलु मैदानमा भएको खेलको नवौं मिनेटमा जुआन बर्नाटको पासमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई १–० को अग्रता दिलाए भने उनै एम्बाप्पेले खेलको २६औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे।

लियोनेल मेस्सीको पासलाई सदुपयोग गरेका एम्बाप्पेले पहिलो हाफमा नै पीएसजीलाई २–० को अग्रता दिलाउन सफल भए। खेल सकिनै लाग्दै एन्जर्सका सादा थिओवले ८७औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए। अन्ततः खेल २–१ को अवस्थामा सकियो।

यस जितसँगै शीर्षस्थानको पीएसजीले ३२ खेलबाट ७५ अंक बटुलेको छ भने पराजित एन्जर्स भने १४ अंकमा सीमित रहेर पुछारमा छ।

प्रकाशित : 22 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्