केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जोटाको दुई गोलमा लिभरपुल विजयी

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १०, प्रिमियर लिगमा लिभरपुलले नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलको पहिलो हाफ बराबरीमा टुंगिएको थियो भने दोस्रो हाफमा भने लिभरपुलले सुरुवाती गोल हानेको थियो ।

लिभरपुलका डिएगो जोटाले खेलको ४७औं मिनेटमा गोल हानेर लिभरपुलको अग्रता कायम गर्न सुरु गरे । तर, नटिङहमका नेको विलियम्सले ५१औं मिनेटमा गोल फर्काए पछि खेल १–१ को स्थितिमा रहन पुग्यो ।

पुन जोटाले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे पनि मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल फर्काउँदै खेल २–२ को बराबरीमा पुर्‍याएका थिए । अत्यन्त रोमाञ्चक उक्त खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । अन्ततः मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३–२ को जीत दिलाउन सफल भए । लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौँ स्थानमा छ ।

प्रकाशित : 23 April, 2023


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्