गार्मेन्ट उद्योगको आगलागीमा परि एक जना बेपत्ता

सहयात्रा टिभी

काठमाडौं । १० वैशाख , कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा शुक्रबार राति साढे ११ बजे भएको आगलागीमा परेर एक जना बेपत्ता भएका छन् ।

मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।

घटनापछि गार्मेन्टका लागि सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल बताउँछन् ।

‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको भए पनि बाकि पहिचान खुल्न नसकेको जनाएको छ । क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।

प्रकाशित : 23 April, 2023

प्रतिक्रिया दिनुहोस्