त्रिभुवन विमानस्थलको सञ्चारमा समस्याका कारण उडान अवरुद्ध

सहयात्रा टिभी

काठमाडौं । १० वैशाख , त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चार उपकरणमा आएको समस्याका कारण हवाई उडान-अवतरण सेवा अवरुद्ध भएको छ ।

सोहीकारण आन्तरिक तथा बाह्य उडान प्रभावित भएको विमानस्थल स्रोतले जनाएको छ । जहाजसँग सम्पर्क स्थापित गर्ने एरिया अप्रोच सेन्टर र कन्ट्रोल अप्रोच सेन्टरमा समस्या आएसँगै जहाजहरुको उडान-अवतरण बन्द भएको हो ।

कतिपय मोफसलबाट काठमाडौंका लागि उडेका जहाजहरु समेत सम्बन्धित विमानस्थलमा फिर्ता पठाउनु परेको बताइएको छ ।

टावरबाट नजिकै रहेका जहाजहरुसँग सञ्चार स्थापित गर्ने फ्रिक्वेन्सीले काम नगरेपछि उडानहरु प्रभावित बनेका हुन् ।

 

 

प्रकाशित : 23 April, 2023

प्रतिक्रिया दिनुहोस्