शेयर बजार दोहोरो अङ्कले घट्यो
सहयात्रा टिभी
काठमाडौं । १० वैशाख , हप्ताको पहिलो दिन आज शेयर बजार दोहोरो अङ्कले घटेर एक हजार नौ सय विन्दुभन्दा तल झरेको छ ।
शेयर बजार परिसूचक नेप्से आज (आइतवार) १८ दशमलव ८० अङ्कले घटेर एक हजार आठ सय ८५ दशमलव ६० विन्दुमा झरेको हो ।
शेयर बजारसँगै कारोबार रकम पनि घटेको छ । आज दुई सय ६५ वटा कम्पनीका २७ लाख ३४ हजार कित्ता शेयर ८२ करोड ८५ लाख रुपैयाँमा कारोबार भएका छन् ।