सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनवाइ आज हुने

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । नबालिकामाथि बलात्कारको आरोप लागेका लामिछानेको मुद्दाको सुनवाइ काठमाडौँ जिल्ला अदालतमा हुन लागेको हो ।

चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्दालाई आज पेशीमा राखेको छ ।

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको थियो । सर्वोच्च अदालतले लामिछानेको मुद्दालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले अन्तिम फैसला दिन सकिरहेको छैन ।

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्