तनहुँ-१ अपडेट : थप ६९४ मत गन्दा स्वर्णिमलाई ३७२

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा थप ६९४ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ३७२ मत पाएका छन् ।

यसअघि १३ हजार ६५ मत गन्दा ७ हजार २९३ मत पाएका उनले हाल १३ हजार ७५९ मत गनिसक्दा ७ हजार ६२५ मत पाएका छन् ।

पछिल्लो अपडेटअनुसार सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३ हजार ४७१ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार २१९ मत ल्याएका छन् । हालसम्म ९ वटा वडाको मत गनिसकिएको छ।

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्