शुक्लाफाँटाको बाघलाई नियन्त्रणमा लिई जावलाखेल चिडियाखानामा ल्याइयो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई ललितपुरको जावलाखेलस्थित चिडियाखानामा ल्याइएको छ ।

निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा बाघलाई आइतबार सदर चिडियाखाना, जावलाखेलमा ल्याएर राखिएको हो ।

सो बाघले वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका-८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा ४२ वर्षीया गंगादेवी चन्दलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट चन्दको मृत्यु भएको थियो ।

डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय (हात्ती सहित), नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भइ बाघलाई नियन्त्रणमा लिइ चिडियाखानामा ल्याइएको हो ।

 

 

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्