तनहुँ-१ अपडेट : स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ । बैशाख ११, उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले १० हजार मत कटाएका छन् ।
जारी मतगणनामा १३ वडाको १८ हजार ६६१ मत गनिसक्दा वाग्लेले १० हजार २५९ मत पाएका हुन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले भने हालसम्म ५ हजार ३ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २ हजार ७९७ मतका साथ भट्टराईलाई पछ्याइरहेका छन् ।