प्रि ओपन सेसन : नेप्सेमा झिनो सुधार
सहयात्रा टिभी
काठमाडौँ । बैशाख ११, प्रि ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार आएको छ । नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ ।
यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।
यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ । १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।