उपत्यकासहित केही ठाउँमा बेलुकैसम्म पानी पर्ने सम्भावना

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी पर्दै गरेको र यसको क्रम बेलुकै सम्म चल्ने जनाएको छ ।

काठमाण्डौसहित बाग्मती, गण्डकी, मधेस र कोशी प्रदेशका केही ठाउँमा पानी परेको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पानी पर्ने सम्भावना छ । लगातार झरी नपरे पनि पानी पर्दै रोकिने क्रम बेलुकैसम्म चल्ने मौसमविद् झाले बताउनुभयो ।

दिउँसो पछि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको पनि उहाँले बताउनुभयो । यस्तै, तराईका जिल्लामा तीव्र गतिमा हावाहुरीसमेत चल्ने मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँको मौसम अहिले धुम्म छ।

नेपालमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

 

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्