तनहुँ–१ को मत परिणामले गम्भीर स्थिति उत्पन्न भएको देउवाको टिप्पणी

काठमाडौँ । बैशाख ११, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँ–१ को प्रारम्भिक परिणामले पार्टीसामु गम्भीर परिस्थिति उत्पन्न भएको बताएका छन् ।
सोमबार बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति देउवाले तनहुँ –१ को प्रारम्भिक परिणामले पार्टीमा गम्भीर परिस्थिति उत्पन्न भएको बताएका बताएका हुन् ।
बैठकको सुरुवातमै धारणा राखेका देउवाले राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जित्दै आएको तनहुँ–१ मा कांग्रेस चुनाव हार्नुपर्ने परिस्थिति आउनु चिन्ताको विषय भएको बताएका थिए ।