सिन्धुलीमा आगलागीबाट चार वटा घर जलेर नष्ट

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, आज सोमवार बिहान सिन्धुलीमा भएको आगलागीबाट चार वटा घर जलेको जानकारी प्राप्त भएको छ ।

कमलामाई नगरपालिका २ को चियाबारीमा राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगोले कौशल थापा, योगबहादुर थापा र गंगाबहादुर थापाको घर जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

राजकुमार श्रेष्ठको घर भाडामा लिएर व्यापार चलाउँदै आएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

आगलागीमा परि नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

 

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्