कोरोना संक्रमण आज ११३ जनामा पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । बैशाख ११, कोरोना संक्रमण आज पछिल्लो २४ घण्टामा थप ११३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ८१० नमुनामध्ये ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १ हजार ४४ जनाको एन्टीजे परीक्षण गर्दा ४९ जना गरी ११३ जनामा कोरोना देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३६२ पुगेको छ भने संस्थागत आईसोलेशनमा २९ जना, आईसीयूमा ४ जना र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।

संक्रमण बढेसँगै कोरोनाविरुद्धको बुस्टर डोज खोज लगाउन स्वास्थ्य मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

 

प्रकाशित : 24 April, 2023

प्रतिक्रिया दिनुहोस्