लण्डनमा ‘जारी’ फिल्म हेर्न उर्लिये नेपाली दर्शक
काठमाडौँ । बैशाख ११, नेपाली फिल्म ‘जारी’को पहिलो अन्तर्राष्ट्रिय प्रिमियर सो बेलायतमा गरिएको जनाएको छ ।
एल्डरसटस्थित प्रिन्सेस सिनेमाज् हलमा आइतबार बेलुका आयोजित भव्य प्रिमियरमा निर्देशक उपेन्द्र सुब्बा, अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर उपस्थित रहे ।
प्रिमियरमा बेलायतस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो । प्रिमियरमा लिम्बू पहिरनमै मिरुना उपस्थित थिइन् । च्याब्रुङ बजाएर समारोहमा कलाकारलाई स्वागत गरिएको थियो ।
‘मान्छेको उत्पत्ति अफ्रिकाबाट भएको भन्छौं । लिम्बूहरु पूर्वी नेपाल र गुरुङ मगरहरु पोखरा आसपासमा पुगे । जहाँ पुग्छन् त्यहाँको संस्कृतिको कथा हो जारी,’ निर्देशक सुब्बाले प्रिमियरअघि भने ।
प्रिमियरमा दयाहाङको नायकीय स्वागत गरियो । बेलायतस्थित लाहुरे समुदायले दयाहाङलाई न्यानो स्वागत गरे । नेपाली मात्र होइन प्रिमियरमा बेलायती दर्शकले पनि सहभागिता जनाए ।