बङ्गालको खाडीमा माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र दशको शव फेला

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , बङ्गालको खाडीमा माछा मार्ने डुङ्गाको शीत भण्डारभित्र  १० जना माझीको शव फेला परेको छ ।

बङ्गालको खाडीमा माछा मार्ने क्रममा १० जना माझी बेपत्ता भएका जनाएको जनाएको छ । डुङ्गाको शीत भण्डारभित्र उनीहरुको शव फेला परेको बङ्लादेशको कोक्स बजार सदर पुलिस कार्यालयका प्रमुख रफिकुल इस्लामले जानकारी दिनुभएको छ ।

उनीहरु सबैको हातखुट्टा बाँधिएको थियो । स्थानीय डुङ्गाचालकले सोनाडिया टापुको पश्चिमी भागमा माछा मार्ने डुङ्गा तैरिरहेको देखेपछि प्रहरीलाई जानकारी दिएका थिए ।

लुटेराको समूहले करिब १० दिन अघि नै माझीलाई आक्रमण गरेर मारेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्