चितवन-२ मा कांग्रेसका उम्मेदवार जीतनारायणले रविलाई दिए बधाई

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , चितवन-२ मा नेपाली कांग्रेसका उम्मेदवार जीत नारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेलाई बधाई दिएका छन् । ३७ हजारबढी मतान्तरले अगाडि रहेका रविको जित सुनिश्चित भइसकेको छ ।

मतगणनास्थलमा पुगेर कांग्रेस उम्मेदवार श्रेष्ठले रास्वपाका सभापतिसमेत रहेका रविलाई बधाई दिए । रवि अब आफ्नो पनि जनप्रतिनिधि भएको भन्दै उनले प्रतिस्पर्धीका रुपमा रविको रचनात्मक काममा सहयोग गर्ने बताए ।

जनताले परिर्वतन खोजेको र परम्परागत दलहरुले आफ्ना कमजोरीलाई सच्याउनुपर्ने बताए । रास्वपा सभापति रविले पनि सबैसँग सहकार्य गर्ने भन्दै रचनात्मक सहयोगको अपेक्षा रहने बताएका छन् ।

जनताले परिवर्तन चाहियो भनेर घन्टी बनाएको भन्दै उनले भने, ‘यो अपेक्षामा हामी खरो रुपमा उभिने छौं । सबै मिलेर काम गर्नेछौं ।’

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्