युद्धरत सुडानमा ७२ घण्टे युद्धविराम गर्ने सहमति

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , युद्धरत सुडानमा ७२ घण्टे युद्धविराम लागू गर्ने सहमति भएको छ ।

युद्धरत सुडानी सेना र अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्सेज आरएसएफबीच ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको बीबीसीले जनाएको छ ।

दुई पक्षबीच गएराति ७२ घण्टे युद्धविराम गर्ने सहमति भएको खबरमा उल्लेख गरिएको छ । अमेरिकी विदेश मन्त्री एन्टनी ब्लिङ्कनका अनुसार ४८ घण्टाको लामो वार्ता पछि युद्ध विराम गर्ने सहमति बनेको हो ।

सुडानमा सेना र अर्धसैनिक बलबीच भएको सङ्घर्षमा अहिलेसम्म चार सय जनाको ज्यान गइसकेको छ भने सयौँ घाइते भएका छन् ।

युद्ध विरामको घोषणा भएसँगै त्यहाँ फसेका नागरिक सुरक्षित बाहिर निस्कन पाउनेमा आशावादी देखिएका छन् ।

पश्चिमा लगायतका कयौँ देशले युद्धविराम अघि नै आफ्ना नागरिकको उद्धार गरेका छन् । केही देशले भने अहिले पनि उद्धारको काम भइरहेको जनाएका छन् ।

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्