फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि भएन

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , काठमाण्डौ विमानस्थलबाट टेक अफ गर्ने बित्तिकै इन्जिनमा समस्या देखिएको फ्लाई दुबईको विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा गएराति सुरक्षित अवतरण भएको छ ।

नेपाली समय अनुसार राति २ बजे (स्थानीय समय राति १२ बजेर ११ मिनेटमा) विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार साँझ काठमाडौंबाट दुबईका लागि उडेको फ्लाइ दुबईको जहाजमा चरा ठोक्किएको विषय पुष्टि हुन नसकेको जनाएको छ ।

यसअघि फ्लाइ दुबईले जहाजमा सम्भावित रुपमा चरा ठोक्किएको हुन सक्ने भन्दै ट्वीट गरेको थियो । प्राधिरकणले मंगलबार यसको पुष्टि हुन नसकेको जनाएको छ ।

विमानस्थलमा तत्काल भौतिक रुपमा कर्मचारीबाट गरिएको निरीक्षणबाट यसको पुष्टि हुन नसकेको प्राधिकरणले जनाएको छ ।

विमान दुबईमा अवरण गरेकाले अब दुबईकै नागरिक उड्डयन प्राधिकरणले घटनाको बारेमा छानबिन गर्ने उहाँले बताउनुभयो ।

विमान त्रिभुवन विमानस्थलमा नै फर्किएर आएको भए हामीले अनुसन्धान गर्थ्यौँ, उतै गएकाले अब दुबईमै छानबिन हुन्छु नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले बताउनुभयो । उहाँका अनुसार छानबिन सकेपछि दुबईले नेपाललाई रिपोर्ट पठाउने छ।

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्