पानीको गुणस्तर मापदण्ड पारित भएसँगै विदेश निर्यात गर्न बाटो खुल्यो

काठमाडौँ । बैशाख १२ , अब नेपालको मूलको पानीको गुणस्तर मापदण्ड पारित भएसँगै विदेश निर्यात गर्न सकिने भएको छ।
विदेश निर्यात हुने मूलको पानीको गुणस्तर मापदण्ड पारित भएसँगै निर्यातको बाटो खुलेको हो । यसबाट विदेशी मुद्रा आर्जनमा पनि सहयोग पुग्नेछ।
नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको मापदण्डलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा बसेको गुणस्तर परिषद्को १ सय ८औँ बैठकले पारित गरेको हो ।
विभागले विभिन्न वस्तुको गुणस्तर निर्धारण गर्दै आएको छ। परिषद्को पछिल्लो निर्णयसँगै पानी, चिया, कफीलगायत वस्तु विदेश निर्यातमा सहज हुने विभागका प्रवक्ता ज्योती जोशी भट्टले जानकारी दिनुभयो ।