आज मङ्गलवार दोहोरो अङ्कले बढ्यो नेप्से

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३६ अङ्कले बढेर एक हजार नौ सय पाँच दशमलव ६८ विन्दुमा पुगेको छ ।

आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेको छ । बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।

आज दुई सय ६४ वटा कम्पनीका २७ लाख पाँच सय कित्ता शेयर ८८ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्