अब हरेक १० वर्षमा लाइसेन्स नवीकरण गर्ने व्यवस्था लागू

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १२ , भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पाँचरपाँच वर्षमा गर्नुपर्ने सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ ।

मङ्गलवार मन्त्रालयमा पूर्वाधार पत्रकार समूहसँगको भेटमा मन्त्री ज्वालाले स्मार्ट लाइसेन्स पाँचरपाँच वर्षमा गर्नुपर्ने नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा रहेको बताउनुभएको हो ।

उहाँले स्मार्ट लाइसेन्स वितरणलाई सहज र सरल बनाउने काम सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभयो ।

मन्त्री ज्वालाले यातायात क्षेत्रमा सबैभन्दा बढी गुनासो रहेको बताउँदै लाइसेन्सका समस्या समाधान गर्न सरकारले कार्ययोजना बनाएर अघि बढेको बताउनुभयो ।

उहाँले लाइसेन्सका लागि ट्रायल परीक्षा पास गरेर लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या सात महिनाभित्र अन्त्य गर्ने योजना बनाएको उल्लेख गर्नुभयो ।

उहाँले सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अङ्ग्रेजीमा मात्रै प्रिन्ट भएकोमा आलोचना र गुनासो आएको भन्दै मन्त्रिपरिषदबाट निर्णय गरेर अङ्ग्रेजी, नेपाली र नेपाली वा अङ्ग्रेजी दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको बताउनुभयो ।

 

 

प्रकाशित : 25 April, 2023

प्रतिक्रिया दिनुहोस्