हैटीमा अराजक गतिविधि गर्ने १३ जनाको नागरिकको भिडद्धारा हत्या

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १३, हैटीमा अराजक गतिविधि गर्दै आएका १३ जनालाई नागरिकको भिडद्धारा हत्या गरेको जनाएको छ । राजधानी पोर्ट ओ–प्रिन्स नजिकै घटना भएको हो ।

नागरिकले उनीहरु गुण्डागर्दीमा संलग्न रहेको आरोपमा पेट्रोल छर्केर तथा ढुंगा हानेर हत्या गरेका बीबीसीले जनाएको छ । सन् २०२१ जुलाई ७ मा राष्ट्रपति जोभिनेल मोइजको हत्यापछि हैटीमा गुण्डा समूहको गतिविधि थप बढेको छ ।

गुण्डा समूह लुटपाट र हत्यामा सक्रिय हुने गरेका छन् । संयुक्त राष्ट्रसंघको सोमबार प्रकाशित एक प्रतिवेदनका अनुसार यसै महिना अप्रिल १४ देखि १९ सम्म मात्रै गुण्डा समूहले १८ महिला र दुई बालबालिकासहित ७० जनाको हत्या गरेका थिए ।

प्रतिवेदनका अनुसार राजधानीमा असुरक्षाको अवस्था युद्धरत देशहरू जस्तै स्तरमा पुगेको छ । विद्यालय र स्वास्थ्य केन्द्रहरू बन्द गर्नुपर्ने बाध्यता छ ।

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्