डोटीमा एक महिलाको भीरबाट लडेर ज्यान गयो

सहयात्रा टिभी

काठमाडौँ । बैशाख १३, डोटीको जोरायल गाउँपालिका–१ तुसे गाउँमा एक महिलाको भीरबाट लडेर ज्यान गएको जनाकारी प्राप्त भएको छ।

इलाका प्रहरी कार्यालय विपीनगरका अनुसार भीरबाट लडेर ज्यान गुमाउनेमा जोरायल गाउँपालिका–१ तुसे बस्ने २१ वर्षीया अनिता मल्ल छन् ।

बिहान घर नजिकैको जंगलमा स्याउला ल्याउन जएकी मल्ल घर नफर्कीएपछि परिवारले खोजी कार्य गर्ने क्रममा घरदेखि करिब दुई किलोमीटर टाढा भीरबाट लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मल्लको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको इलाका प्रहरी कार्यलय विपीनगरका प्रहरी निरीक्षक लोकेन्द्र गुरुले जानकारी दिनुभयो । मृतक महिला गर्भवती रहेको बताइएको छ ।

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्