तीन दलको तर्फ बाट नाम नदिँदा समिति गठनकालागी बिलम्ब

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, प्रमुख तीन दलको तर्फ बाट नाम नदिएपछि संसदीय सुनुवाइ लगायतका समितिहरु गठनकालागी विलम्ब हुने भएको जनाएको छ ।

संसदको आज बुधबार दिउँसो ३ बजे बोलाइएको बैठकको प्रस्तावित कार्यसूचीमा संसदीय सुनुवाइ समितिका सदस्यहरु मनोनयनका लागि प्रस्ताव गर्ने पनि थियो ।

संसद बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरुले आफ्ना प्रतिनिधिको नाम दिएनन् । नेपाली कांग्रेस, एमाले र माओवादीले नै सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम नदिएका हुन् । सभामुखले भोलिसम्म नाम दिन आग्रह गरेका छन् ।

बैठकपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्ता पक्ष र प्रतिपक्षबीच बृहत्तर सहमतिको प्रयास भइरहेकाले समिति गठनमा विलम्ब भएको बताए ।

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्