घोराहीका शिक्षक सरुवा गरेको बिरोधमा कालोपट्टी बाँधेर आन्दोलित

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, नेपाल शिक्षक महासंघको आह्वानमा घोराहीका शिक्षकहरुले आज बुधवार हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन् ।

घोराही उपमहानगरपालिकाले १ सय १ जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा काम गरेका हुन । शिक्षक सरुवाको नेपाल शिक्षक महासंघ सहित शिक्षकका बिभिन्न १३ वटा संगठनले विरोध गरेका छन् ।

जिल्लामा क्रियाशील ८ वटा संगठनले संयुक्त विज्ञप्ति निकालेर पर्सि शुक्रवार दिउँसो २ बजे घोराहीमा बिरोध र्‍याली निकाल्ने भन्दै उपस्थितिको लागि आग्रह गरेका छन् ।

घोराही उपमहानगरपालिकाले चैत ८ गते दरबन्दी मिलानका नाममा १ सय १ जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु आन्दोलित भएका छन् ।

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्