बिजुलीको तार अन्डरग्राउ गर्ने विषयमा विबाद
काठमाडौं । बैशाख १३, बिजुलीको तार भूमिगत (अन्डरग्राउन्ड) गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच विबाद रहेको जनाएको छ ।
वि.सं. २०७६ फागुन ५ गतेदेखि काठमाण्डौ उपत्यकामा बिजुली तार भूमिगत गर्ने कामको सुरुवात भएको थियो । तर भूमिगत गर्न सुरु भएको चार वर्ष बितिसक्दा समेत पूर्णता पाउन सकेको छैन ।
तार भूमिगत गर्ने विषयमा पछिल्लो समय विद्युत् प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच आरोप–प्रत्यारोप सुरु भएको छ ।
भौतिक मन्त्रालयले सडक विभागले बनाएका सडक नबिग्रने गरी तार भूमिगत गर्न प्राधिकरणसँग सम्झौता गरे पनि सम्झौताअनुसार काम नगरेको भन्दै तार भूमिगत गर्न काठमाण्डौका मुख्य सडक खन्ने अनुमति दिएको छैन ।
सडक विभागले काठमाण्डौका मुख्य सडकमा तार भूमिगत गर्न अनुमति नदिएको भन्दै प्राधिकरण असन्तुष्ट छ ।
सरकारी निकायहरू विद्युत प्राधिकरण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागबीच नै समन्वय नहुँदा तार भूमिगत गर्ने विषयमा अन्योल बढेर गएको छ ।
सडक विभागले मुख्य सडक खन्न नदिँदा आयोजनाको म्याद लम्बिँदै गए पनि काम गर्न नसकेको विद्युत् प्राधिकरणले बताएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही दिनअघि प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मलनमा बोल्दै सडक विभागले मुख्य सडकमा तार भूमिगत गर्ने अनुमति नदिएको भन्दै काम अघि बढाउन सकस भएको बताउनुभयो ।
उहाँले सडक विभागले काठमाण्डौको एअरपोर्टदेखि कोटेश्वर, तीनकुने, माइतीघर, रत्नपार्क वरपरका सडकहरूमा अझै तार भूमिगत गर्न नपाएको गुनासो गर्नुभयो ।