नेप्सेमा दोहोरो अंकको गिरावट

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १३.६८ अंकले गिरावट हुँदा १८९२ को विन्दुमा बन्द भएको छ ।

आर्थिक गतिविधि कमजोर हुँदा नगद प्रवाहको समस्यामा रहेका व्यवसायीले पनि सेयर बजारमा लगानी बढाउन नसक्दा सेयर बजारमा सुस्तता देखिएको छ ।

बजारमा नयाँ लगानी नआउँदा लगानी होल्ड गरीरहेका लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् । जसले गर्दा बजार परिसूचक नेप्से एक दिन बढ्दा अर्कोदिन घट्दै स्थिर अवस्थामा देखिएको छ ।

कारोबार रकमले पनि बजारमा लगानीकर्ताको सक्रियता कमजोर रहेको संकेत गर्छ । बुधबार सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि दोहोरो अंकले गिरावट भएको हो । विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसूचकमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ ।

 

 

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्