२४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टी १ जनाको मृत्‍यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्‍यु भए संगै ८२ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै १ हजार ६३४ जनाको नमुनामध्‍ये ४९४ जनाको पीसीआर परीक्षण गर्दा ३७ जना र १ हजार ४२० जनाको एण्टीजेन परीक्षण गर्दा ४५ जना गरी ८२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाको संक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ भने संस्थागत आईलोशनमा २९ जना, आईसीयूमा ५ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् ।

 

 

 

 

प्रकाशित : 26 April, 2023

प्रतिक्रिया दिनुहोस्